युवतीलाई गर्भ बोकाउने प्रहरीको चौकीभित्रै बिहे
News, राष्ट्रिय समाचार 9:27 PM
२६ फागुन, कैलालीको सहजपुर-२ खानीडाँडामा एक युवतलाई गर्भवती बनाउने प्रहरीको स्थानीय बासिन्दाले तिनै युवतीसँग प्रहरी चौकीभित्रै बिहिबार बिहे गराइदिएका छन् ।
अस्थायी प्रहरीचौकी खानीडाँडामा कार्यरत प्रहरी जवान डिल्लीराज ओझासँग यौन सम्पर्कपछि गर्भवती भएकी स्थानीय १६ वर्षकी गंगा आचार्यलाई स्थानीइ बासिन्दाले प्रहरी चौकी भित्रै विवाह गराइदिएका हुन् ।
शुक्र माविमा १० कक्षामा अध्ययनरत आचार्यको पेटमा रहेको पाँच महिनाको गर्भ आफ्नो भएको स्विकार गर्दै प्रहरी जवान ओझाले बिहे गरे । डडेलधुरा स्थायी घर भएका ओझाले यसअघि नै बिहे गरिसकेका छन् ।
उनले बुधबार आफ्नो गाउँकी श्रीमतीबाट छोरा जन्मिएको भन्दै बुधबार साथीहरुलाई स्थानीय एक होटलमा भोज समेत खुवाएका थिए ।
पहिलो श्रीमतीबाट छोरो जन्मिएको भोलिपल्ट उनले अर्को बिहे गरेका आजको राजधानी दैनिकले छापेको छ ।