स्वतन्त्र तिब्बत आन्दोलनमा नेपालका मन्त्री
News, राष्ट्रिय समाचार 9:30 PM
२६ फागुन, नेपालमा स्वतन्त्र तिब्बत आन्दोलन चर्काउन पृथकतावादीले १३ सदस्यीय आन्दोलन संयोजन समिति गठन गरिसकेको खुलासा भएको छ । सरकारी गुप्तर संस्था राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको गोप्य प्रतिवेदनले सो खुलासा गरेको छ ।
समितिको नेतृत्व तिब्बती प्रधानमन्त्री लोबसाङ साङवेले गरिरहेको आजको राजधानी दैनिकले खबर छापेको छ । उक्त आन्दोलनलाई चर्काउने योजनामा वर्तमान सरकारका एक वरिष्ठ मन्त्रीसहित विभिन्न दलका नेता, मानव अधिकारवादाी व्यक्ति तथा संस्था, कानुन व्ययवसायी र संचार उद्यमी समेत रहेको प्रतिवेदनले खुलासा गरेको छ ।
स्वतन्त्र तिब्बत आन्दोलनलाई सघाउनेमा वर्तमान सरकारका मन्त्री गोपाल किराँती हुन् । त्यस्ता अर्का माओवादी नेता लीलामणी पोखरेल, पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका बीपी यादव, मालेका काइजी सुभाष लगायतका छन् ।
त्यस्तै नेपाल मानव अधिकार संगठनका अध्यक्ष सुदीप पाठक , मानवअधिकार कर्मी गुणनीधि न्यौपाने, कपिल श्रेष्ठ तथा चिकित्सकहरु डाक्टर चोपलाल भुसााल, डाक्टर अन्जनी कुमार झा लगायतका रहेको आजको राजधानी दैनिकले छापेको छ ।