पानीको सतह घटेपछि काठमाण्डौ भासिने खतरा
News, राष्ट्रिय समाचार 8:42 PM
४ चैत, काठमाण्डौ उपत्यकामा पानीको सतह वर्षेनी एक मिटर घट्दै गएको सन् । सन् १९८० देखि २०११ सम्मको अवधिमा उपत्याकाको पानीको सतह ३१ मिटर तल गएको काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हरी ढकालले बताएका छन् ।
उनका अनुसा रयहीँ अनुपातमा पानीको सतह घट्दै गएमा आउँदो २५ वर्षभित्र उपत्यकामा भूमिगत पानी पूरै सुक्ने खतरा छ । ढकालका अनुसार जमिनमुनिको पानी घट्दै जाँदा भविष्यमा उपत्यकाको जमीन भासिन पनि सक्छ ।
बोर्डले २०६७ सालमा सतहको पानी संरक्षणको नीति बनाउने क्रममा गरेको अध्ययनमा यस्तो देखिएको उनले बताएका आजको अभियान दैनिकले छापेको छ । उपत्यकामा दैनिक रुपमा क्षमताभन्दा दोब्बर बढी पानी ठूला ट्युबबेलबाट निकाल्ने काम भइरहेको छ ।
उपत्यकामा ट्युबबेलको संख्या ७ सयभन्दा बढी छ । जसमध्ये ५ सयबाट अहिले दैनिक रुपमा जमिनमुनिकेा पानी निकाल्ने काम भैरहेको छ । पानीको सतह घटेका कारण अहिले उपत्यकाका २ सय ३३ वटा ढुंगेधाराबाट मात्र पानी आउने गरेको बोर्डले बताएको छ । ३१ वर्षअघि ३ सय ८९ ढुंगेधाराबाट पानी आउने गरेको थियो । यसरी १ सय ५६ वटा ढुंगेधारा सुकेका छन् ।
एक अध्ययन अनुसार जमिनमुनिबाट काठमाण्डौ उपत्यकामा दैनिक ४ करोड लिटर पानी मात्र निकाल्न सकिन्छ । तर अहिले दैनिक करीब ८ करोड लिटर पानी निकाल्ने गरिएको छ ।