Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बाजुराको विकट वस्तीमा एक परिवार विगत ३५ वर्षदेखि नै गरिबीकै कारण ओडारमा बस्दै आएका छन् ।

४ चैत,  बाजुराको विकट वस्तीमा एक परिवार विगत ३५ वर्षदेखि नै गरिबीकै कारण ओडारमा बस्दै आएका छन् । तिनजना सदस्य रहेको यो परिवारको सम्पत्तिको नाममा एउटा आँखा फुटेको गाई अनी एउटा बिरालो मात्र छ ।
कोल्टी गाविस-८ बेडुपानीमा रहेको ओडारमा ६० वर्षीया काच्ची रोकायाको परिवार यसरी वर्षौँदेखि बस्दै आएको हो । काल्चीका साथमा उनका जुम्ल्याहा छोराछोरी पनि बस्दै आएका छन् । काल्चीका पति हंशको गत असार १३ गते ओडारमै मृत्यु भयो । पतिको मृत्युपछि यो परिवारको झनै बिजोग भएको छ ।
हंशका दाजुभाइ थिए । सबै दाजुभाइका परिवार जिल्लाकै विभिन्न ओडारमा बस्दै आएका छन् । हंशका जेठा दाइको पनि जिल्लाकै कुरुमा रहेको अर्को ओडारमा दुइ वर्ष पहिले पहिरोमा पुरिएर ज्यान गएको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
जग्गाजमिन नभएरपछि बाध्य भएर ओडारमा बस्न गरेको काल्चीकी भतिजी कालीले बताइन् ।काल्चीपनि प्रष्टसँग बोल्न सक्दिनन् । गहभरी आश्ु झार्दै लरबराउँदै काल्चीले भनिन्, ‘श्रीमान् पनि मरिगयो अब के गर्ने , कसरी छोराछोरी पाल्ने? गाउँलेको काम गरेर चामल र सिस्नोको ढिँडो पकाएर खान्छौँ कुन दिन भोकै मर्नुपर्ने हो थाहा छैन ।’
काल्चीका जेठो छोरा नारायण र जुम्ल्याहा छोराछोरी रत्ना र गगन छन् । नारायण संकटकालदेखि नै तराइतिर बस्दै आएका छन् । काल्चीजस्तै साप्पाटा ९ मुक्तिकोटमा रैभाने विक र गोत्री ७ नारकोटमा लालपुरा नेपालीको परिवार पनि ओडारमा बस्दै आएका छन् ।

Posted by Arghakhanch Online on 8:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बाजुराको विकट वस्तीमा एक परिवार विगत ३५ वर्षदेखि नै गरिबीकै कारण ओडारमा बस्दै आएका छन् ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com