बाबुराम भटराइले आफ्नी छोरी मानुषी यमी भटराइलाई नेपाल क्रिकेट संघको सदस्यमा नियुक्ति दिलाएका छन् ।
News, राष्ट्रिय समाचार 8:44 PM
४ चैत,प्रधानमन्त्री डाक्टर बाबुराम भटराइले आफ्नी छोरी मानुषी यमी भटराइलाई नेपाल क्रिकेट संघको सदस्यमा नियुक्ति दिलाएका छन् । खेलकुद र क्रिकेट क्षेत्रसँग खासै साइनो नभएकी मानुषीलाई प्रधानमन्त्रीले बारम्बार दबाब दिएपछि राखेपले क्यान सदस्यमा नियुक्त गर्न लागेको आजको नागरिक दैनिकले छापेको छ ।
राखेपका सदस्यसचिव युवराज लामाले अन्य सदस्इको आग्रह लत्याउँदै मानुषीलाई क्यानको नयाँ सदस्यमा सिफारिस गरेका हुन् । परिषद्को सिफारिसमा क्रिकेट संघमा दुइ सदस्य नियुक्त गर्ने प्रावधान छ । भटराइले विद्याथी राजनीति र पत्रकारितामा सक्रिय आफ्नी एकमात्र पुत्रीलाई त्यसका लागि उत्कृष्ट उमेदवार ठहराएर सिफारिस गरेका हुन् । मानुषी त्रिभुवन विश्वविद्यालयको स्ववियु सचिव समेत हुन् ।
क्यानको नयाँ सदस्यमा आफ्नो नाम सिफारिस भएको स्विकार्दै मानुषीले विभिन्न खेलकुदमा आफुलाई रुची भएकाले सिफारिसमा परेको दाबी गरिन् । क्यानमा त्रिभुवन विश्वविद्यालय तर्फबाट एकजना सदस्य रहने प्रावधान रहेको जनाउँदै उनले आफु त्यही कोटामा सिफारिस भएको उनको भनाइ छ । आइतबार र सोमबार बस्ने बैठकले सिफारिस गरिएका व्यक्तिलाई अनुमोदन गर्नेछ ।