Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पर्यटकीय नगरी पोखराको फेवातालमाथि मुलुककै दोस्रो केबलकार निर्माण गरिने भएको छ ।

१२ चैत, पोखराको फेवाताल किनारको बसुन्धरा पार्कदेखि पुम्दी-भुम्दीको कोदीडाँडास्थित ँविश्व शान्ति स्तुप’ सम्म केबलकार निर्माण गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रस्ताव आह्वान गरेपछि विभिन्न पाँच कम्पनीले आशयपत्र बुझाएका छन् । मन्त्रालयले एक महिनाअघि इच्छुक कम्पनीलाई आह्वान गरेको थियो ।
शुक्रबार अन्तिम दिनसम्म चितवन कोई प्रालि, पोखराको लक्ष्मी ग्रुप-सुजल फुड्ससँगको सहकार्यमा प|mान्सको पोमा ग्यालेक्सी, शर्मा एन्ड शर्मा दामोदर रोपवे प्रालि, एग्जिम नेपाल-चीनको झेइझ्याङ टिम इन्टरनेसनल इकोनोमिक्स एन्ड टेक्निकल प्रालि, सुनाइटेड बिल्डर्स लामा कन्स्ट्रक्सन प्रालिले आशयपत्र बुझाएका छन् । यीमध्ये कुरिनटारदेखि मनकामनासम्म केबलकार सञ्चालन गर्दै आएको चितवन कोईले एकल र बाँकी अरू कम्पनीले साझेदारीमा प्रस्ताव गरेका हुन् ।
सबै कम्पनीले आफ्नो वाषिर्क कारोबारको विवरणसहित फारम बुझाएको स्रोतले बताएको छ । निर्माणको प्रतिस्पर्धाका लागि वाषिर्क एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले मात्रै आशयपत्र बुझाउन पाउने व्यवस्था छ । यसरी आशयपत्र बुझाउने कम्पनीलाई बैंकले समेत एक अर्बसम्मको कारोबार भएको आश्वस्तपत्र दिनुपर्ने हुन्छ ।
कारोबार दैनिकमा प्रकाशित समाचारअनुसार आगामी तीन महिनाभिमत्र सबै प्रक्रिया पूरा गरी मन्त्रालयले कुनै एक कम्पनीलाई निर्माणको जिम्मा दिनेछ । पछिल्लो चरणमा आशयपत्र बुझाउने कम्पनीहरूबाटै छनोट गरी मन्त्रालयले थप विवरणसहितको आवेदश माग गर्नेछ ।
वसुन्धरा पार्कदेखि फेवाताल, रानीवनहुँदै कोदीडाँडासम्म करिब १.३ किलोमिटर लम्बाइको केबलकार निर्माण हुनेछ । निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण -बुट) प्रणालीअन्तर्गत निर्माण हुने केबलकारबाट यो क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेख्य सघाउ पुग्ने विश्वास पर्यटन व्यवसायीको छ ।

Posted by Arghakhanch Online on 9:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पर्यटकीय नगरी पोखराको फेवातालमाथि मुलुककै दोस्रो केबलकार निर्माण गरिने भएको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com