Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रचण्डपुत्र प्रकाश दाहाल फरक मनोदशामा छन् ।



१२ चैत, यतिबेला माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहाल फरक मनोदशामा छन् । मौनजस्तै छन, एकान्तजस्तै छन् ।
सधै केही न केही अपडेट गरिरहने प्रकाशको फेसबुक अकाउन्ट डिएक्टिभ गरिएको छ । बिना हिच्किचाहट संचारकर्मीको टेलिफोन रेस्पोन्स गर्ने उनी केही दिनदेखि मिडियाबाट टाढा छन् । निकटवर्तीहरुका अनुसार उनी केही हच्किएको र थच्किएको अबस्थामा छन् । उनको अनुहारमा पहिलेको जस्तो चमक पनि छैन, वास्तवमै प्रकाश तिस्तेज छन् ।
शान्ति र संबिधानका लागि भन्दै सगरमाथा चढ्ने अभियानमा बदनाम भएपछि उनी गुमनाम भएको आइतवारको नेपाल साप्ताहिकले छापेको छ ।
राजनीतिमा खास रुची नराख्ने र अरुले उल्क्याईदिए उल्किने स्वभावका प्रकाशमा पछिल्लो दिनमा शक्ति र सार्मथ्यको आडमा घमण्ड बढ्दै गएको र उनको वरिपरि रहेका केही महत्वकांक्षीहरुले उनको हैसियतलाई दुरुपयोग गरेको समाचारमा उल्लेख छ ।
‘पछिल्लो समयमा उनलाई केही महत्वकांक्षीहरुले बोकेर हिडेका छन र उनी त्यो घेरा तोड्नै गाह्रो हुने अबस्थामा पुगेका छन’- कुनैवेला प्रचण्डका स्टाफसमेत रहेका एक माओवादी नेता भन्छन- प्रकाशलाई यही बाटोमा अघि बढाउंदा प्रचण्डलाई घाटा हुन्छ ।’
छोराछोरीले भनेको टार्न नसक्ने प्रचण्डको मुख्य कमजोरी हो । एकमात्र छोरा प्रकाशप्रति त उनको अगाध माया छ । यही मायाका कारण प्रकाश जनमुक्ति सेनामा जान खोज्दा पनि रोकेको बताइएको छ । पछिल्लो दिनमा उनी महंगा साधन प्रयोग गर्ने, साँझ मदिरा पिउन रुचाउने स्वभावका रहेको समाचारमा उल्लेख छ ।

Posted by Arghakhanch Online on 9:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रचण्डपुत्र प्रकाश दाहाल फरक मनोदशामा छन् ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com