अखण्ड सुदूरपश्चिमको माग गर्दै बन्द
News, राष्ट्रिय समाचार 9:54 PM
३ चैत,अखण्ड सुदूरपश्चिमको माग राख्दै संयुक्त लोकतान्त्रिक परिवेषले शुक्रबार एक दिन सुदूरपश्चिम बन्द गराएको छ । बन्दले धनगढी र महेन्द्रनगरबाट संचालित हुने लामो तथा छोटो दुरीका सार्वजनिक यतायत बन्द छ । बजार पनि ठप्प भएको छ । बन्दले गर्दा उद्योग कलकारखाना र शैक्षिक संस्था समेत खुलेका छैन्न ।
राज्य पुर्नसंरचना आयोगले प्रस्तावित प्रतिवेदनमा सुदूरपश्चिमका नौ जिल्लाबाट कैलाली र कञ्चनपुर टुक्राएकोले त्यसको बिरोधमा परिवेषका अध्यक्ष गणेश बमले बताए ।
यस अघि १ गते संयुक्त थारु संघर्ष समितिले कैलाली र कञ्चनपुर थारुवान प्रदेशमा यथावत राखिनु पर्ने भन्दै पश्चिम नेपाल बन्द गराएका थिए ।
यहाँ थारु र गैरथारुका केही संघ/संगठनले पछिल्लो दिनमा प्रदेश निर्माणका बिषयलाई लिएर दोहोरो बन्दको राजनीति गर्न थालेका छन् ।