लामो समयको कसरत पछि बुटवलमा ११ लाखको मोबाईल शौचालय संचालन
News, राष्ट्रिय समाचार 9:20 PM
लामो समयको कसरत पछि बुटवलमा सार्वजनिक घुम्ती (मोबाईल) शौचालय संचालनमा आएको छ । बुटवल नगरपालिका र मणिमुकुन्द सेन उद्यान उद्यान संरक्षण समितिको संयुक्त लगानीमा यस क्षेत्रमै पहिलोपटक घुम्ती शौचालय संचालनमा ल्याइएको हो । घुम्ती शौचालयको बिहीबार एक कार्यक्रमबीच बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले उद्घाटन गरे ।
बुटवलमा दिनप्रतिदिन बस्ति बिकास संगै शहरीकरण बढ्दै गएपछि नगरपालिकाले मोबाईल शौचालयको अबधारणा अगाडि सारेको थियो । शहरी वातारणका लागि सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत पीपीपीयूई÷युएनडीपी र बुटवल नगरपालिकाको ७ लाख ५० हजार र मणिमुकुन्दसेन उद्यानको ३ लाख ७५ हजार गरी ११ लाख रुपैयां लगानीमा घुम्ती शौचालय ल्याइएको हो । बुटवल ४ फूलबारीको गेटको देबै्र साईडमा आकासी रंगमा सजिएको शौचालयमा एकपटक ३ जना पुरुष र ३ जना महिला गरी ६ जनाले शौच गर्न सक्ने क्षमता रहेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष मोतिराज ज्ञवालीले बताए ।
बुटवल नगरपालिकालाई वार्षिक २५ हजार रुपैयां बुझाउने गरी घुम्ती शौचालयको संचालन मणिमुकुन्द सेन उद्यान उद्यानले गर्ने सम्झौता भएको हो । शौचालय उद्घाटन कार्यक्रममा नगरपालिकाका वरिष्ठ अधिकृत लुइटेल,मणिमुकुन्द सेन उद्यानका अध्यक्ष मोतिराज ज्ञवाली,उद्यानका सचिव रमेश नेपाल,सदस्य पवित्रा श्रेष्ठ,लोकनाथ पाण्डे,पत्रकार हरिष ढकाल लगायतले बोल्दै घुम्ती शौचालय संचालनले बुटवल र फूलबारीको वातावारणीय सरसफाईमा महत्वपूर्ण भुमिका खेल्ने धारणा राखेको थिए ।
कार्यक्रममा समितिका कोषाध्यक्ष मनोज रानामगरले ऐतिहासिक एवं पर्यटकीय महत्वको फूलबारीमा चिडियाखाना सुधारका लागि सरकारबाट १८ लाख वजेट प्राप्त भएपनि पानी टंकी निर्माण र फोहर व्यवस्थापनका लागि अझै ठुलो रकम आवश्यक रहेकोले नगरपालिकाको सहयोग आवशयक पर्ने धारणा राखे । नगरपालिकाको प्रस्ताब आब्हानको ९ महिना पछि मात्रै बुटवल नगरपालिका र मणिमुकुन्द सेन उद्यान समितिका बिच गत आषाढ १४ गते सम्झौता भएको थियो ।
शौचालयमा दैनिक २ सय बढिले शौच गर्ने अनुमान उद्यान समितिको छ । बुटवलमा रहेका सार्वजनिक शौचालयहरुको बर्षेनी ब्यबस्थित प्रयोग र उपयोग गर्न नसक्दा नगर प्रदुषित हुनुका साथै बाताबरण प्रदुषण पनि बढिरहेको बेलामा संचालनमा ल्याईएको शौचालयको प्रभाबकारिता बढ्ने बिश्वास गरिएको छ । बुटवल क्षेत्रमा बुटवल वडा नं ४ को मैनाबगर ,७ को हाटबजार ,१० को राजमार्ग चौराहा ११ को नया बसपार्क ,९ को दीपनगर ,१३ को देविनगर लगायतका स्थानमा गरि १० वटा सार्वजनिक शौचालय रहेपनि ६ वटामात्रै प्रयोगमा रहेका छन् । जसमध्ये पुरानो बसपार्कमा रहेको शौचालय जीर्ण अवस्थामा प्रयोग बिहिन छ ।
पूर्व पश्चिम राजमार्गको केन्द्रबिन्दु भएका कारण बुटवलमा दिनंहु हजारौं मानिसहरुको आवत–जावत हुने गर्दछ । बुटवलमा रहेका अधिकांश सार्वजनिक शौचालयहरुको उचित संरक्षण गर्न नसकिएको नगरपालिकाले स्विकारेको छ ।