छाउनीस्थित राष्ट्रिय संग्राहलयबाट करीब १२ हजार ?
News, राष्ट्रिय समाचार 8:33 PM
६ चैत, छाउनीस्थित राष्ट्रिय संग्राहलयबाट करीब १२ हजार नाल पुराना हतियार रहस्यमय ढंगबाट गायब भएको चर्चा चलिरहेका बेला ती हतियार नेपाली सेनाको हतियार स्टोरमा पुगेको आर्मी हेडक्वाटर श्रोतले जनाएको छ ।
प्रज्वलसमसेर जबराको पालमा नेपाली सेनाले ठूलो कमिसन लिएर बेचेको हतियार बरो हाल राज्य व्यवस्था समितिले छानविन गरिरहेको छ । यो प्रकरणले अप्ठेरोमा परेपछि सेनाले ती हतियार स्टोरमा पनि छन् भन्ने देखाउन राणा प्रधानमन्त्रीहरुले राष्ट्रिय संग्राहलय छाउनीमा थुपारेका हतियार पनि लगेर राख्न थालेको बताइएको छ । जबकी ती हतियार आर्मीको लगतमा नभएर राष्ट्रिय संग्राहलयको लगतमा छन् ।
संग्राहलयबाट आर्मीले सुटुक्क १२ हजार हतियार झिकेर जंगीअड्डामा लगेको र तिनै हतियार देखाएर राज्यव्यवस्था समितिलार्य झुक्याउने प्रयास हुन थालेको आर्मी श्रोतले जनाएको छ ।
संग्राहलयका तत्कालीन प्रमुख भेषनारायण दाहालसँग कुरो मिलाएर हतियार झिकिएको बताइएपनि दाहालले भने आफ्नो पालामा त्यतिठूलो परिमाणमा हतियार नझिकिएकेा दाब गिरेका छन् । यो प्रकरणमा प्रधानसेनापति र भेषनारायण दुबैलाई कारवाही गर्नुपर्ने आवाज उठेको छ ।राणा प्रधानमन्त्रीहरुले संग्राहलयमा राखेका हतियार प्रधानसेनापति छत्रमानसिंह गुरुङले किन स्टोरमा ल्याए भन्ने प्रश्न उठिरहेका बेला नयाँ रहस्य खुलेको आजको साँघु साप्ताहिकले छापेको छ ।