सदरमुकाम खलंगामा शनिबार राति एकजनाको हत्या भएको छ ।
News, राष्ट्रिय समाचार 10:23 PM
१२ चैत, सदरमुकाम खलंगामा शनिबार राति एकजनाको हत्या भएको छ । खलंगा-३ शीतलपाटीका ट्याक्टर चालक ३२ वर्षीय भुवन बुढाथोकीको हत्या भएको हो । अनुहार क्षतविक्षत भएको अवस्थामा बुढाथोकीको शव बोहरा टाउन प्लानिङमा फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार शीतलपाटीका ट्याक्टर चालक नरेश भडेल र मजदुरहरू शंकरसिंह ठकुरी, रमेश खड्गी र सन्तोष सिंहलाई पक्राउ गरेको छ । उनीहरूले कुटपिट गरी बुढाथोकीको हत्या गरेको प्रहरीको अनुमान छ । चारैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।source onlinekhabar