Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अर्काको राहदानीमा आफ्नो फोटो टाँस्दा फन्दामा

 चैत १३,कुवेतमा दुई वर्ष काम गरेर स्वदेश फर्केकी नुवाकोट, दाङसिङ-४ की माया तामाङ दुई साताअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परिन्। सोधपुछका क्रममा उनले बताएको ठेगाना राहदानीमा उल्लेख गरेको भन्दा फरक परेपछि शंका गर्दै अध्यागमन कार्यालयले उनलाई पक्रेको थियो।
अनुसन्धानबाट उनले अर्कैको नाममा जारी राहदानीबाट कुवेत जाते/आते गरेको पुष्टि भएको छ। सिन्धुपाल्चोक, बतासे-१ की ज्यानीमाया लमिनीको नाममा जारी राहदानीमा मायाले आफ्नो फोटो टाँसेको खुलेको हो। २४ वर्षीया माया अनुसन्धानमा थुनामा परेपछि उनका आफन्त अध्यागमन विभागले 'सक्कल कागजात पठाउन' जिल्ला प्रशासनलाई लेखेको पत्र बोकेर सिन्धुपाल्चोक आइपुगेका थिए।
मायाले प्रयोग गरेको राहदानीको नक्कल प्रशासनको रेकर्डमा भिडाउँदा फोटो परिवर्तन गरेको पाइएको हो। २०६६ साल कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट ज्यानीमायाको नाममा ४६७१७७५ नम्बरको राहदानी जारी भएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले फोटो परिवर्तन गरेर राहदानी प्रयोग गरेको पुष्टि गरे। उनका अनुसार राहदानीमा ज्यानीमायाको फोटो निकालेर मायाको टाँसिएको छ। राहदानी जारी गर्दा सापकोटाले नै दस्तखत गरेका थिए। राहदानीको सबै व्यहोरा मिलेपनि फोटो र फोटोमाथि पर्ने गरी गरिएको दस्तखत मेल नखाने उनले बताए।
धादिङ, साङकोस-४ माइती भएकी मायाको नुवाकोटमा विवाह भएको थियो। श्रीमान् विदेशै रहेको बेला उनी कुवेत पुगेकी थिइन्। उनका श्रीमान् ६ वर्षदेखि साउदी अरबमा रहेको मायाका भाइ नवराज तामाङले बताए। उनका अनुसार दिदी मायाले आफू टेकबहादुर तामाङ नाम गरेका दलालमार्फत् विदेश गएको बताए पनि उनी को र कहाँका हुन् भन्ने पत्तो छैन। 'दलालको नामबाहेक केही थाहा रहेनछ,' उनले नागरिकसँग भने। कुवेत जाँदा दलालले एयरपोर्टमै पुगेर मायालाई पासपोर्ट दिएका थिए।
वास्तविक राहदानीवाहक कहाँ छिन भन्ने पत्ता लाग्न सकेको छैन। एउटै दलालमार्फत् उनी पनि विदेश पुगेको हुनसक्ने आशंका छ। मायाले आफ्नै नाममा राहदानी बनाउन पाउने अवसर हुँदा-हुँदै किन बनाइनन् र अर्काको राहदानी प्रयोग गरिन् भन्ने पनि खुल्न सकेको छैन। सहायक प्रजिअ सापकोटाले मोफसलका जिल्लामा पनि फोटो परिवर्नन गरेर अर्काको राहदानी प्रयोग हुँदै आएको बताए।स्रोत -नागरिक

Posted by Arghakhanch Online on 8:54 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्काको राहदानीमा आफ्नो फोटो टाँस्दा फन्दामा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com