आजदेखि काठमाडौंमा मानव अधिकार सम्वन्धी चलचित्रको महोत्सव I
News, राष्ट्रिय समाचार 11:03 PM
काठमाडौं, फागुन ११,
काठमाडौंमा आजदेखि मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदै छ । चलचित्रको माध्यामबाट मानव अधिकारको संरक्षण र सम्वर्धन गर्ने उद्धेश्यले मानव अधिकार चलचित्र केन्द्रले महोत्सव गर्न लागेको हो । चार दिनसम्म चल्ने महोत्सवमा नेपाल लगायत अन्य देशको मानव अधिकारका विषयमा बनेका १३ वटा चलचित्र देखाईने छ ।
महोत्सव अमेरिकाको ग्लोवल पीस फिल्म फेस्टिबलको सहकार्यक्रम गरिएको हो । नेपालका चार र अमेरिका लगायतका अन्य देशका नौ वटा चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने छ । उद्घाटनका अवसरमा विना विक, सुनिता नेपाली, र विन्दु विकले निर्देशन गरेको कहिलेसम्म नामक चलचित्र देखाईने छ । यो चलचित्र अन्र्तजातीय विवाहको विषमा बनाईएको छ ।
अव देखि हरेक बर्ष फेबु्रअरी महिनामा महोत्सव गर्ने कहोत्सवका निर्देशक राजेश गौगजुले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक केदारनाथ उपाध्यायले विहान ११ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।उज्यालोनेटवर्क