Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ढाका बुन्ने तालिम सम्पन्न, सहयोग मिले उद्योग नै खोल्ने

सञ्जीवनी महिला विकास मुल समितिको आयोजना तथा गाविसको आर्थिक अनुदानमा गुल्मीको पुर्कोटदह गाविसमा सञ्चालित तीन महिने ढाका वुनाई तालिम एक कार्यक्रमका विच सम्पन्न भएको छ।
कर्यक्रममा प्रमुख अतिथि स्थानीय समाजसेवी चक्रवहादुर कुवँर, विशेष अतिथि महिला प्रतिनिधी इश्वरा कुवँर, जनज्योति क्याम्पसका सहायक प्रमुख रेशम जिसी, गाविस सचिव डिल्लीराज भट्टराई, वसन्त गैरे, पृथ्वी कुवँर, उमानाथ घिमिरे, हुमवहादुर कुवँर, हिकमत थापा, शिवलाल घिमिरे, प्रशिक्षक उषा खाम्चा, प्रशिक्षार्थी मञ्जु थापा लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वोल्ने वक्ताहरुले लक्षित समुदायका लागि भन्दै गाविसवाट महिलाका लागि छुट्टाईएको रकमवाट आय आर्जनमुलक मुडा वुनाई तालिम सञ्चालन गरेर अरुका लागि समेत दिशा निर्देश गरेको भन्दै यसको सिको अन्य पक्षले पनि लिनुपर्नेमा जोड दिएका थिए। अवसर पायो भने महिलाले पनि आय आर्जनमुलक कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकने वताउँदै वक्ताहरुले लक्षित समुदायका लागि छुट्टाईएको रकममा कसैले पनि हस्तक्षेप गर्न नहुने धारणा राखेका थिए। प्रशिक्षार्थी मञ्जु थापाले यस कार्यमा गाविसले आगामी दिनहरुमा थप सुविधा प्रदान गरे उद्योगकै रुपमा मुडा वुन्ने कार्यलाई सञ्चालन गर्ने वताउनुभयो। समितिकी अध्यक्ष विष्णु कुवँर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धना कुवँरको स्वागत मन्तव्य एवं विमला कुवँर अधिकारीको सञ्चालन रहेको थियो। तालिम गएको मंसिर १९ गतेदेखि शुरु भएको थियो भने तालिममा १० जना महिलाको सहभागीता रहेको थियो। 

Posted by Arghakhanch Online on 8:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ढाका बुन्ने तालिम सम्पन्न, सहयोग मिले उद्योग नै खोल्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com